काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
त्यसैले आजसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको २४औं वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ०.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया