प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम हुने गरी नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर वितरणका लागि बिहीबार बुक क्लोज मिति तोकेसँगै नेप्सेले बुधबारको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरेको हो ।

बोनस समायोजनपछि नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ सेयरमूल्य तोकेको छ । बुधबार कम्पनीको सेयर ६४५ रुपैयाँमा अन्तिम कारोबार भएकोमा ७ प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यसअनुसार अब बिहीबार समायोजित सेयरमूल्यलाई आधार मानेर नेप्सेमा सेयर कारोबार खुल्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया