एक लाख रुपैयाँ घुस रकम सहित दुईजना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाबहिल १ नम्बर नापी टोली बुढानिलकण्ठका सर्भेक्षक र अमिन गरी दुई जना कर्मचारीलाई एक लाख रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ । 

आयोगले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकम सहित नापी कार्यालय चाबहिल बूढानीलण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

जग्गाको हाल साबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको, टंगालबाट खटिई गएको टोलीले पक्राउ परेका दुई जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया