काठमाडौं - ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले कर्मचारी माग गरेको छ । आयोजनाले रिक्त रहेको पद परिपूर्तीका लागि कृषि, पशुपंक्षी, मत्स्य तर्फका नायव प्राविधिक सहायक (जेटिए) पदमा ३९ जना कर्मचारी माग गरेको हो ।
जसमा नायव प्राविधिक सहायक (कृषित तर्फ) २६ जना र नायव प्राविधिक सहायक (पशुपंक्षीरमत्स्य) तर्फ १३ जना गरि जम्मा ३९ जनाको दरखास्त माग गरिएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले उक्त पदका लागि आगामी बैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर बैशाख २० गतेसम्म आवेदन बुझाउन सकिन्छ ।
दरखास्त दिने पुरुष १८ वर्षदेखि ३५ वर्षसम्मको हुने पर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप गरिएको छ । अर्थात १८ देखि ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया