सिटिजन्स बैंकले ३ लाख ९८ हजार बढि कित्ता संस्थापक शेयर बिक्री गर्ने, शेयरमूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलले ३ लाख ९८ हजार ७५.०४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्री गर्न लागेको हो ।

शेयरको मूल्य प्रतिकित्ता १८० मा बिक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने संस्थाले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया