साइप्रसमा नेपाली महिला कामदारलाई रोजगारीको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको mavromatis employment bureau ltdकम्पनीले ५ जना महिला कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ७२ हजार बढि पाउनेछ । इच्छुक कामदारले फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रालिको कार्यालय लाजिम्पाट काठमाडौंमा चैत्र २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।  साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया