वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै भिभो

३ बर्ष अगाडि

काठमाडौं - यहाँ प्रत्येक ब्रान्डले आफ्ना ग्राहकहरुलाई खुसी पार्न हरेक वर्ष नयाँ नयाँ विशेषताका स्मार्टफोनहरू सार्वजनिक गर्छन् । उत्कृष्ट विकलपहरु मध्येबाट चयन गर्न पाउँनु उत्तम भएतापनि धेरै विकलपहरुले झन अलमल्ल पार्न सक्छन् । 

यो धेरै वर्षदेखि सामान्य परिदृश्य बन्दै आइरहेको छ । प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्ड भिभोले यस्तो अन्यौल हटाउन निर्बाध रुपमा लागि परिरहेको छ । 

भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिज अन्तर्गत दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ सार्वजनिक गर्दैछ भन्ने चर्चा बजारमा छ । वाई सिरिजले हालैका वर्षहरूमा आफ्नो लागि राम्रो नाम कमाएको छ । यी आगामी दिनमा सार्वजनिक हुन लागेका वाई सिरिजका स्मार्टफोनहरू अझ केही वृद्धिहरु सहित प्रयोगकर्ताहरुका लागि समान गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउँने अपेक्षा गरिएको छ ।

हाम्रा स्रोतहरूका अनुसार, भिभोको वाई ३३ एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ । जसमा फोटोग्राफरहरू, सामग्री सिर्जनाकर्ताहरू र सामाजिक सञ्जाल उत्साहीहरूले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन् । अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् । 

यति मात्र होइन, केही लीकहरूका अनुसार यो स्मार्टफोनमा ठूलो ब्याट्री छ । जुन ५००० एमएएच हुनसक्छ । जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराँउदै सबै अविस्मरणीय क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्दछ ।

समकालीन स्टाइल तथा स्लीक स्मार्टफोनहरूमा स्विच गर्न चहाने पछिल्ला पुस्ताका लागि भिभोसँग सबैभन्दा स्टाइलिश र ट्रेन्डी स्मार्टफोनहरू सार्वजनिक गर्ने इतिहास छ । जसले सुलभ मूल्यमा उत्कृष्टता प्रदान गर्दछ । वाई ३३ एसले सुलभ मध्य–दायरा खण्डमा आमुल परिवर्तन गर्न सक्छ । प्रयोगकर्ता अनुभवलाई अर्को स्तरमा लैजान सक्छ ।

अर्कोतर्फ, ५००० एमएएच को लामो समयसम्म टिक्ने ब्याट्री लाइफको साथ वाई ०१ अन–द–गो पुस्ताको लागि उत्कृष्ट स्मार्टफोन हो । त्यसैले, यदि तपाईं यात्रा गर्न मन पराउने, धेरै भिडियोहरू वा फोटोहरू खिच्न मन पराउँने वा घण्टौंसम्म गेमहरू खेल्नहुन्छ । 

यस्तै आगामी वाई ०१ तपाईंको लागि उत्कृष्ट छनौट हुन् सक्छ । यसबाहेक, क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी+ हेलो फुलभ्यू डिस्प्ले रहेको हल्ला छ । सुरक्षाको सन्दर्भमा, यो फोन भिभोको अत्यधिक सक्षम फेस एक्सेस टेक्नोलोजीको साथ आउँनेछ जसले फोनलाई आँखा झिम्काउन सक्ने भन्दा छिटो अनलक गर्छ ।

अहिलेसम्म, वाई ३३ एस र वाई ०१ आशाजनक उपकरण जस्तो देखिन्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया