किसान लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर, ३५ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले एक सुचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने सुचनामा उल्लेख गरेको छैन् । 

शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा आफूले खरिद गर्ने शेयर खुलाई निवेदन दिन आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया