काठमाडौं - जानकी फाइनान्स कम्पनी लिमिटेडको ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयर लिलाम बढाबढमा बिक्री खुला गरिएको जनाएको छ ।
फाइनान्सले बिक्री खुला गरेको सेयरमा पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले उक्त सेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले पहिलो चरणमा सो समुहका लगानीकर्ताले मात्र आवेदन गर्न पाउनेछन् ।
संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउनुपर्नेछ । विद्यमान संस्थापक सेयरधनीहरुबट निवेदन प्रापत नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई दोस्रो चरणमा बिक्री गर्ने फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया