नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड “सेफ्टी”

३ बर्ष अगाडि

काठमाडौं - “सेफ्टी” नेपाल गुणस्तर चिन्ह  प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ । नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो ।

उक्त कम्पनीले विगत  १५ बर्षदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको छ । कुनै पनि नेपाली महीला आधारभूत महिनावारी सरसफाईबाट वञ्चित नहोस् भन्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसैले शुलभ शुल्कमा कम्पनीले बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका सेनेटरी प्याड उपलब्ध गराउँदै आइरहेको छ ।

“सेफ्टी”का २४० एमएम, २८० एमएम र ३२० एमएम बाक्लो र पातलो सेनेटरी प्याडलाई नेपाल गुणस्तर  मानक स्ट्यान्डर्ड ५८७ बमोजिम गुणस्तर चिन्ह प्राप्त भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तर मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको हो ।

नेपाल  गुणस्तर  मानक ५८७ ले सेनेटरी प्याडहरूको विशिष्टताहरू जस्तै प्रयोग गरिने सामग्री, सेनेटरी प्याडहरूको प्रकार र आकार, यसको साइज, कारीगरी र फिनिश निर्धारण गर्दछ।आवश्यकताहरू जस्तै मापन, सोसेपछि  दबाव सहन सक्ने क्षमता र ब्याक्टेरिया र फंगल बायोबर्डन र छालाका रोगजनकहरूको  किटाणु उपस्थिति जस्ता  शुक्ष्म स्वच्छता  का आवश्यकताहरू पनि मानकमा तोकिएका हुन्छन् ।

यसले उत्पादकलाई “साइटोटोक्सिसिटी”, जलन र छालाको संवेदनशीलता जस्ता बायो कम्प्याटिबिलिटी मूल्याङ्कन सुनिश्चित गर्न पनि निर्देशन दिन्छ। जस्मिन हाइजिनले आफूलाई नेपाली बजारमा मात्र सिमित गरेको छैन, कम्पनीले आफ्नो बजार दयरा बढाएको छ र आजको दिन यमन, श्रीलङ्का, भारत, माल्दिभ्स, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र नाइजेरिया जस्ता देशहरूमा प्याडहरू निर्यात गर्दछ । 

“सेफ्टी” कम्पनी नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने पहिलो कम्पनी हो । स्कुल तथा विद्यालयमा छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्नका लागि नेपाल सरकारले तोकेको विनिर्देशहरू पनि  “सेफ्टी” पूरा गर्दछ । 

ज्यासमिन हाइजिनका लागि कार्यकारी निर्देशक पुनित सारदा  भन्छन्, “हामी नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो ब्राण्ड भएका छौँ, यो सेफ्टी सेनेटरी प्याड परिवारका लागि गर्वको क्षण हो । यसले नेपाली ब्राण्डले स्वदेशी मात्र नभई अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पनि पूरा गर्ने सेनेटरी प्याड पनि उत्पादन गर्न सक्छ भन्ने बलियो प्रमाण दिएको छ । हामीले अहिलेसम्म प्राप्त गरेको उपलब्धिका लागि हामीलाई विश्वास गर्नुहुने हाम्रा उपभोक्ताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । ”
 

३ बर्ष अगाडि

प्रतिक्रिया