लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पारित गर्न आई.एम.ई लाइफले बोलायो साधारण सभा, साधारण सेयर जारी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा १४ बुधबार र्याडिसन होटल, लाजिम्पाट काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । त्यस्तै सभाले सर्वसाधारणका लागि छुट्ट्याएको साधारण सेयर जारी गर्ने र अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजीसन सम्बन्धी विषेश प्रस्ताव समेत पारित गर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया