कालिका लघुवित्तको सेयरधनीहरूलाई बोनस सेयरका लागि कर बापतको रकम जम्मा गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । 

संस्थाले २०७६ साल पुस २३ गते पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया