जीवन बीमा कम्पनीहरूको औसत लाभांश १५ प्रतिशत, एउटाले नबाँड्दा दुईको तय हुन बाकी

४ बर्ष अगाडि

काठमाडौं - अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लाभांश वितरण गरेका ९ जीवन बीमा कम्पनीहरूको औसत लाभांश १४.८५ प्रतिशत देखिएको छ । सूचीकृत १२ मध्ये ९ कम्पनीको लाभांश घोषणाका आधारमा सो तथ्याङ्क प्राप्त भएको हो । 

एसियन लाइफ
आर्थिक वर्ष २०७६.७७ बाट एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २५ प्रतिशत बोनस सहित २७ प्रतिशत लाभांश वितरण गरेको छ । 

रिलायन्स लाइफ
रिलायन्स लाइफले सबैभन्दा कम ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

लाइफ इन्स्यारेन्स कर्पोरेसन
लाइफ इन्स्यारेन्स कर्पोरेसन (एलआईसी) ले आर्थिक वर्ष २०७६/७७ बाट २१.०५ प्रतिशत, 

नेशनल लाइफ
नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ बाट २० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

प्राइम लाइफ
प्राइम लाइफले आर्थिक वर्ष २०७६/७७ बाट १५.८७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

नेपाल लाइफ
नेपाल लाइफले आर्थिक वर्ष २०७६/७७ बाट १४.७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सूर्या लाइफ
सूर्या लाइफले आर्थिक वर्ष २०७६/७७ बाट १३.३७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

ज्योति लाइफ
ज्योति लाइफले आर्थिक वर्ष २०७६/७७ बाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

गुराँस लाइफ
गुराँस लाइफले आर्थिक वर्ष २०७६/७७ बाट ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

प्रभु लाइफले सो आर्थिक वर्षबाट कुनै पनि लाभांश वितरण नगरी साधारण सभा सम्पन्न गरिसकेको छ । अब सानिमा लाइफ र युनियन लाइफको लाभांश घोषणा हुने वा नहुने तय भैसकेको छैन । लाभांश घोषणा गरेका सबै कम्पनीले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया