काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते भोली एक दिनका लागि बुक क्लोज गर्दै छ ।
त्यसैले आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।कम्पनीले २०औंवार्षिक साधारण सभा बैशाख ११ गते गर्ने भएको छ । कम्पनीको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः ३० बजे गर्ने कम्पनीले जनाएको छ । साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
प्रतिक्रिया