काठमाडौं - क्रोएसियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । क्रोएसिया सहरमा रहेको i snaga buducnosti d.o.o कम्पनीले विभिन्न पदका लागि २५० जना पुरुष र ४० जना महिला गरी जम्मा २९० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब एक लाख ७९ हजार बढी पाउनेछ । इच्छुक कामदारले द ग्लोबल रिक्रुटमेन्ट एजेन्सी प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा चैत्र २९ गते अन्तरवार्ता दिनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया