समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले २०७९ बैशाख ३ गतेदेखि लागू हुनेगरी २०८० बैशाख २ गते सम्मका लागि शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।

अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया