आज ४६.४६ अंकले घटेको नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरु यी हुन्

४ बर्ष अगाडि

 काठमाडौं - आज शेयर बजार नेप्से परिसूचक ४६.४६ अंकले घटेर २,४५२.०६ को विन्दुमा कायम भएको छ । 

आज १० वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । युनिलिभर नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया