४६.४६ अंकले घटेको नेप्सेमा २ अर्ब ६७ करोड १२ लाख बढिको कारोबार

४ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार सेयर बजारमा भारी गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९मंगलबार० सेयर कारोबार मापक नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३४ अंकले घटेर ४५८.२२ विन्दुमा झरेको छ । कूल २२८ वटा कम्पनीको ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया