महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया