प्राइम बैंकको २ अर्ब ५० करोडको ऋणपत्रमा चैत ३० गतेसम्म आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ ।

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार अब यो ऋणपत्रमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २१ गते बैंकिङ समयपछि हुने भनिएको थियो । 

गत चैत १६ गतेबाट बैंकले ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरेको छ । कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बाँकी १० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिनेछ । 

दसवर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया