नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश पारित, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर ०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ । सभाबाट आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरू सभाबाट पारित भएको छ ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट २०७८ चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार २०७८ चैत १३ गते संस्थापक सञ्चालकमा उम्मेद्वारी मनोनयन गरी २०७८ चैत १४ गते अन्तिम नामावली प्रकाशित भए अनुसार निर्विरोध निर्वाचित भएका चार जना संचालकहरुको नाम घोषणा गरेको छ ।

 सो अनुसार निर्विरोध निर्वाचित संस्थापक संचालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया