विदेशी मुद्रा सञ्चिति घट्दै : अत्यावश्यक वस्तु बाहेक अन्यमा एलसी नखोल्न आग्रह

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्था बिग्रदै गएपछि आयातलाई थप कडाइ गर्न खोजेको छ । केन्द्रीय बैंकले सोमबार  वाणिज्य बैंकका सिईओहरुलाई  बोलाएर गाडीलगायतको आयात रोक्न आग्रह गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले निजी सवारी साधन आयातमा प्रतितपत्र ९एलसी० नखोल्न  बैंकलाई  निर्देशन दिएको स्रोतले जनाएको छ । 

केन्द्रीय बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गरेको छलफलमा अत्यावश्यक वस्तु बाहेक अन्यमा एलसी नखोल्न आग्रह गरेको हो ।

यस्तै बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पुगेकोले त्यसलाई सीमामा ल्याउन पनि भनेको स्रोतले जनाएको छ । अहिले अधिकांश बैंकको सिडि रेशियो सिमाभन्दा माथि पुगेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया