बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार बढि कित्ता आईपीओमा कतिले दिए आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा झन्डै १५ गुणा बढीको आवेदन परेको छ । चैत १६ गतेदेखि निष्कासन भएको बलेफी हाइड्रोको आइपीओमा सोमबार अन्तिम दिन सम्ममा झन्डै १५ गुणा बढीले आवेदन दिएका हुन् ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार ५ बजेसम्म बलेफी हाइड्रोको आइपीओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता शेयर मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत बिक्रीमा आएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयनमा बाँडफाँड गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म बिक्री खुला गरी चैत ६ गते बाँडफाँड गरेको हो ।

स्थानीयनको कुल कित्ता शेयर मध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरूका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया