आजसम्म कायम सेयरधनीले मात्र नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश पाउने, सधारण सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २३ गतेदेखि २०७९ वशाख १० गतेसम्म बुक क्लोज गरेको छ । 

त्यसैले आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १० गते साधारण सभा गर्ने जनाएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे शुरु हुने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया