एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए शपथ

४ बर्ष अगाडि

काठमाडौं, एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन्। नवनिर्वाचित अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

चैत २० गते सम्पन्न बैंकको २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले संस्थापक शेयरधनीहरूको र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालक निर्विरोध नियुक्त गरेको छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया