एफपीओ निष्कासनको अनुमति माग्दै युनिक नेपाल लघुवित्त पुग्यो धितोपत्र बोर्ड, कति कित्ता जारी गर्दै ?

४ बर्ष अगाडि

काठमाडौं, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन  गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।

युनिक नेपालले गत चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा यो लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्कासन गर्नेछ। युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया