काठमाडौं- बैंकहरूको निक्षेप संकलन घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत्र १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र १८ गते बैंकहरूको निक्षेप ४९ खर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप २ अर्बले घटेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले घटेर ४३ खर्ब २९ अर्बमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब एक अर्बमा स्थिर रहेको छ ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८२ प्रतिशतबाट बढेर ९०.८४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया