काठमाडौं, साताको दोस्रो कारोबारको दिन(सोमबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा तीन कम्पनीको ३ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ ।
कारोबार सुरु भएको तीन घण्टाको अवधीमा सनराइज फस्ट म्युच्अल फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो । कम्पनीको ३ लाख ६ हजार ६०० कित्ता शेयर खरिदमाग भएको छ ।
यस्तै, लक्ष्मी उन्नति कोषको ३ लाख ३ हजार ७०० कित्ता शेयर खरिदमाग भएको छ भने कुमारी इक्विटी फण्डको ३ लाख १ हजार बढी कित्ता शेयर खरिदमाग भएको हो ।
धितोपत्र बोर्डको दोस्रो बजारमा अन्य कम्पनीको शेयर साढे दुई लाख भन्दा कम खरिदमाग भएको छ ।
प्रतिक्रिया