गाउँपालिकाको बस सेवा

७ बर्ष अगाडि

डोटी – यहाँको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढी बस सेवा शुरु गरेको छ । 

अछामको चौखुट्टेदेखि सदरमुकाम सिलगढीसम्मका लागि दुई बस सञ्चालन गरिएका छन् । बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । बिहान, दिउँसो र बेलुका गरेर बस सेवा सञ्चालन हुने प्रशासकीय अधिकृत बिनोद सापकोटाले जानकारी दिनुभयो । 

उक्त गाउँपालिकाले एक्साभेटर सेवा पनि शुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै डोजर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।

दुई बस ३५ सिट क्षमताका रु ८१ लाख ७६ हजार र एक एक्साभेटर रु एक करोड २३ लाख ४५० को लागतमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया