काठमाडौ, रिभर फल्स हाइड्रोले आयोजना प्रभावितहरुलाई आईपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभाका नागरिकलाई ७ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
यस आईपिओमा आयोजना प्रभावित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा बैशाख ११ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि कुल ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । स्थानीयलिई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्कासन गर्ने छ ।
प्रतिक्रिया