रोजगारीको खोजीमा हुनुहुन्छ ? साउदीमा ३२-७३ हजार मासिक तलबसहित कर्मचारी माग

३ बर्ष अगाडि

काठमाडौं-साउदीको एक कम्पनीले ४३ जना नेपाली पुरुष कामदारको माग गरेको छ । साउदीमा रहेको MOHAMMED AL OJAIMI CONTRACTING EST ले ४३ जना पुरुष  कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३२ हजार देखि ७३ हजार बढी पाउनेछ । इच्छुक कामदारले कान्तिपुर मेनपावर सर्भिस प्रा.लि.सामाखुसी काठमाडौंमा चैत २३ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया