ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया