प्रि ओपन सेसन : शेयर बजारमा सकरात्मक माहोल, १५ कम्पनीको शेयरमूल्य बढ्यो

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ३०.८९ अंक घटेर २५१३.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४ अंक बढेर २५१७.४१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २२ स्टकको १ लाख २५ हजार ५४६ रुपैयाँ बराबरको ३९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ वटा स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया