काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज चैत २१ गते हुदैछ। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस शेयर १४ प्रतिशत र कर प्रयोजनार्थ ०.७३६४ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो गत चैत ७ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
प्रतिक्रिया