काठमाडौं रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ । फ्यानहरु सँग अन्तरकृया गर्नुका साथै क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र मार्की प्लेयर बिकेश कुथुलाई भेट्ने अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो ।
“फ्यानहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न र फुटबलको विकास गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।“ टिम डाइरेक्टर विज्ञानराज शर्माले भने , काठमाडौं रेजर्सको आधिकारिक फेसबुक पेजमा फेसबुक लाइभ मार्फत १५० भन्दा बढी दर्ताबाट लक्की ड्र मार्फत १६ टोली छनोट गरिएको थियो। प्रत्येक खेल नकआउट बिधी बाट खेलाइएको थियो । विजेताले नगद १५ हजार नगद सहित प्रमाणपत्र, मेडल, ट्रफी सहित टिमको टि–सर्ट प्राप्त गरेका थिए । भद्रकाली फुटसल फाइनलमा टर्फ किंगलाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको थियो । विज्ञानराज शर्मा (टीम निर्देशक), राजेश मानधर (टीम व्यवस्थापक) र बालगोपाल महर्जन (मुख्य प्रशिक्षक) ले सबै सहभागिहरुलाई प्रमाण पत्र र टिमको टि–सर्ट प्रदान गरेका थिए ।
काठमाडौं रेजर्स फुटबल क्लब पहिलो एनएसएल प्रतियोगिताको बिजेता क्लबका साथै वर्तमान च्याम्पियन हो।
प्रतिक्रिया