काठमाडौं-सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् ।
संस्थाको चैत्र १९ गते (शनिबार) बसेको सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न मोक्ष प्रसाद पंगेनीलाई चैत्र १९ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।
साथै, उक्त बैठकले मर्जर पश्चातको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया