काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ । आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको छ । नेप्से १.२१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२५ वटा कम्पनीको ३२ लाख ५३ हजार ८ सय १६ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड समूहबोहक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।
आइतबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड,इमर्जिङ नेपाल कम्पनी लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
युनाइटेड इदी मर्दीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.०२ प्रतिशतले घटेर एक हजार ७६ रूपैयाँ १० पैसामा झरेको छ ।
प्रतिक्रिया