काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज ३०.८९ अंकले घटेर २५१३.४१ को बिन्दुमा पुगेको हो ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैंया बराबरको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ सूर्य लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख बढीको शेयर कारोबार भएको हो ।
यस्तै, सिद्धर्थ इन्स्योरेन्सको ५ करोड १ लाख,नबिल बैक ४ करोड २४ लाख,नेपाल लाइफ इन्स्योरेन्सेको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ८७ लाख बढी कारोबार भएको छ ।
प्रतिक्रिया