सिटिजन्स बैंकका ग्राहकहरुलाई एनपीआई नारायणी सामुदायिक हस्पिटलमा १५ प्रतिशतसम्मको छुट

४ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०५ छुट पाउनेछन्। य

सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। मोबाइल बैंकिङमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत बैंकले गरेको छ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ बैंकले यसअघि नै 
यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा,  १२५  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया