काठमाडौं, गत साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक साढे २ प्रतिशत घटेको छ। अघिल्लो साता २६१३.६७ विन्दुमा रहेको नेप्से, गत साता २.६५ प्रतिशत अर्थात ६९.३७ अंक घटेर २५४४.३० विन्दुमा झरेको छ।
गत साता नेप्सेले २५३५.४८ विन्दुमा टेवा परीक्षण गरेको देखिन्छ। यस साता नेप्से ओरालो लागेमा सोही विन्दुमा टेवा पाउने देखिन्छ। सो टेवा विन्दु ताडेर तल लागेमा भने २४१४.११ विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, यस साता उकालो लागेमा भने २७०५.९६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले अल्पकालमा नेप्से अझै करेक्सन जोनमा रहेको संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिस मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले बियरिस मैनबत्ती नै बनाएको छ। यसले बजारमा गत साता बिक्रीकर्ताहरु हाबी भएको संकेत गर्दछ।
नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता दैनिक औषतमा २ अर्ब ६८ करोडको शेयर कारोबार भएको थियो। जबकी नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३.७१ प्रतिशत कम हो।
गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको थियो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक गत साता १.७६ प्रतिशत घटेको थियो। अघिल्लो साता ५०७९.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ८९.२५ अंक घटेर ४९९०.७० विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता सो उपसमूहको परिसूचक ओरालो लागेमा ४५०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ५५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
गत साता यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, यी दुई बीचको दूरी भने घट्दै गएको छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले यस उपसमूहको सूचक बढ्ने संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन यस उपसमूहले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन यस उपसमूहमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।
प्रतिक्रिया