एजेन्सी - श्रीलंकाको आर्थिक अवस्था निकै बिग्रिँदै गएको छ । महँगी र १३ घन्टा लोडसेडिङको मारमा परेका जनताले सरकारविरुद्ध गरेको प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु लगाइएको छ ।
अब श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ । श्रीलंकामा आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्मले शनिबार रातिदेखि कोलम्बोलगायत धेरै सहरमा काम गर्न बन्द गरेको थियो । आज देशभर भइरहेका प्रदर्शनलाई रोक्न सरकारले यस्तो कदम चालेको जनाइएको छ ।
प्रतिक्रिया