एजेन्सी - अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसिया र भारतकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० बिलियन डलर पुगेको छ ।
योसँगै उनी विश्वकै १०औँ धनी व्यक्ति पनि बनेका छन् । अडानी २.४४ बिलियन डलरले नेटवर्थ बढेर विश्वकै धनी व्यक्तिको सूचीमा १० औँ स्थानमा उक्लिएका हुन् ।
यससँगै अडानी १०० अर्ब डलरको नेटवर्थसहित सेन्टिबिलियनियर्स क्लबमा सामेल भएका छन् । १०० बिलियन डलरभन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरुलाई सेन्टिबिलियनर भनिन्छ ।
अडानीको कुल सम्पत्ति यो वर्ष अहिलेसम्म २३.५ बिलियन डलरले बढेको छ । शीर्ष १० धनाढ्यको सूचीमा रहेका अन्य सबै व्यक्तिमध्ये अडानीको सम्पत्तिमा यो वर्ष सबैभन्दा बढी वृद्धि भएको छ ।
प्रतिक्रिया