काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब ७५ करोड ५५ लाख बढि विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै सूचिकृत कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । यस बाहेक बैंकहरुको ऋणपत्र र अग्राधिकार शेयरमा एक अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ ।
नेपाल पुनर्बीमाले म्युचुअल फण्डमा पनि ९ लाख ४४ हजार लगानी गरेको छ । त्यस्तै विभिन्न कम्पनीको संस्थापक शेयरमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई लगानीमा विविधता ल्याउन निर्देशन दिए पनि कम्पनीहरुले खासै अन्य क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् ।
पुनर्बीमा कम्पनी आफैमा जोखिमको व्यवसाय हो । यसले धेरै जोखिम लिने भएकाले आफ्नो लगानीलाई पनि त्यति धेरै जोखिमयुक्त क्षेत्रमा लगानी गरेको पाइदैन ।
भर्खरै सञ्चालनमा आएको हिमालयन रिको चुक्ता पूँजी नै ७ अर्ब रुपैयाँ मात्रै छ । यसले गर्दा पनि कम्पनीको लगानी त्यति धेरै ठुलो देखिदैन ।
प्रतिक्रिया