चट्याङ लागेर भलिवल खेलाडीको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोल निवासी मुकेश भट्टराईको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार बेलुका साढे ८ बजेतिर सोही स्थानका रनबहादुर चौहानको दूध डेरीको अगाडि बसिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो ।

स्थानीयले तत्काल बोकेर तेल्लोक प्राथमिक उपचार केन्द्र पुर्‍याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको अधिकारीले बताए । 

२३ वर्षीय भट्टराई गाउँपालिकाको राम्रो भलिबल खेलाडी हुन् । पालिकास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया