किन घट्यो नेपाल एसबिआई बैंकको नाफा, यस्तो रहेछ कारण

७ बर्ष अगाडि

काठमाडौं – अन्य वाणिज्य बैंकको नाफा तिव्र गतिले बढीरहेको बेला नेपाल एसिबआई बैंकको नाफा घटेको छ ।

गत २०७४ पुस मसान्तमा रु ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा मात्रै रु ९० करोड मात्रै नाफा कमाउन सफल भएको पाइउको छ ।

एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने रु ९४ अर्बबाट बढाएर रु ९७ अर्ब बनाएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्तमा रु ८४ अर्ब रहेकोमा गत पुसमा रु ९० अर्ब पुगेको छ ।

बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी रु २ अर्ब १९ करोड गर्न सफल भएको छ । बैंक आधार ब्याज दर ९.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.९१ प्रतिशत रहेको छ । बैंकको ०.१९ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ २१ पैसा रहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया