थप ११ जनामा कोरोना पुष्टि हुँदा ९० जना संक्रमणमुक्त,  सक्रिय संक्रमित एक हजार कम

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३३६ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै उक्त अवधिमा संक्रमणबाट मृत्यु भएको छैन । यही अवधिमा ९० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया