अब वडाध्यक्षले पनि कुटनीतिक राहदानी पाउने

७ बर्ष अगाडि

सरकारले वडाध्यक्षसम्मका जनप्रतिनिधिलाई कुटनीतिक राहदानी दिने भएको छ । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाउँपालिकका प्रमुख र जिल्ला समन्वय समितिका संयोजकलाई समेत कुटनीतिक राहदानी दिने निर्णय गरेको हो । 
 यसअघि पूर्वप्रधानमन्त्री, मन्त्री, सांसदलगायतका उच्चअधिकारीले मात्रै पाउने गरेको यो पासपोर्ट सरकारले गाउँपालिका अध्यक्षासम्मलाई दिने निर्णय गरेको हो । 
त्यस्तै सरकारले रक्षा मन्त्रालयका १३ जना महासनेनानीको २ वषर््ा म्याद थपेको छ । यसैगरी मन्त्रिपरिषदले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा बाराका अच्युत मैनालीलाई नियुक्त गरेको छ  भने प्रेस सल्लाहकारमा डा कुन्दन अर्याललाई नियुक्त गरेको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया