काठमाडौं - शाओमीले आफ्नो उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ ।
यो अफरअन्तर्गत कुनै पनि मी टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मी नोटबुक प्रो अथवा ४० इन्चको मी ४ ए टेलिभिजन जित्न सक्नेछन् ।
प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ । जसले गर्दा नयाँँ टीभी किन्न चाहने उपभोक्ताका लागि बजारमा योभन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मीमा डबल मज्जा’ अफर ल्याएको छ ।
यो अफरअन्तर्गत मी टेलिभिजन खरिद गर्ने एकजना भाग्यशाली विजेताले लक्की ड्रमार्फत बम्पर उपहारका रुपमा मी नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्रमार्फत ४० इन्चको मी ४ ए टेलिभिजन जित्न सक्नेछन् ।
मी टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्लेस्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो । जसले गर्दा च्यानल चेन्ज गर्न टीभीमै रिमोट प्वइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।
यसका साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टीभी हेर्दा पनि अरु टीभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ । मी टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टीभी किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टीभी किने पनि ठूलो टीभीमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मुल्य रु। २९ हजार ९०० देखि १ लाख ९ हजार ९९९ सम्म रहेको छ ।
यो अफर चैत १८ गतेदेखि वैशाख ३१ गतेसम्म लागू हुनेछ।
प्रतिक्रिया