दीपेन्द्रको शतक  : मलेसियालाई दियो नेपालले २२४ रनको लक्ष्य

३ बर्ष अगाडि

काठमाडौं - दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले मलेसिया विरुद्धको खेलमा २२३ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँच विकेटको क्षतिमा २२३ रन बनाएको हो । नेपालका लागि ऐरीले सर्वाधिक ११० रन बनाए ।

यो नेपाली खेलाडीले बनाएको सबैभन्दा बढी रन हो । यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ मा १०७ रन बनाएका थिए ।

नेपालका लागि रोहित पौडेलले अर्धशतक बनाए । उनले ३४ बलमा पाँच चौकाको मद्दतले ५१ रन बनाएका हुन् । त्यस्तै, आसिफ शेखले १८, मोहम्मद आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन बनाए ।

मलेसियाका लागि मोहम्मद वाकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मोहम्मद अमीरले एक(एक विकेट लिए । त्रिदेशीय टी(२० श्रृङ्खला अन्तर्गत फाइनल प्रवेशका लागि मलेसियाले नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ । 

नेपाल यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया