फिफा विश्वकप : उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्ने

३ बर्ष अगाडि

एजेन्सी - यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो । 

कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३स् ४५ बजे सुरू हुनेछ । 

पहिलो दिन थप तीन खेलहरू हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार १८स्४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन् । जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग नेपाली समय अनुसार राती २१स्४५ बजे खेल्दा यूएसएले स्कटल्यान्डरवेल्स र युक्रेनमध्ये विश्वकपमा छनोट हुने एक टोलीसँग राती ००स्४५ बजे खेल्नेछ । 

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया